काठमाडाैं । आजबाट नेकपा (माओवादी केन्द्र) को केन्द्रीय परामर्श बैठक गण्डकीमा सुरु भएको छ।
भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्र गण्डकी प्रदेशले जनाएको हाे।
केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको छ ।
जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको बैठक सम्पन्न भइसकेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको परामर्श लिने गरेका छन् ।
परामर्श बैठक कहाँ कहिले ?
–बागमती प्रदेशका के।स। तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ५ र ६ गते ।
–उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केस तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते ।
–गण्डकी प्रदेशका के।स। तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ९ र १० गते ।
–सुदूपश्चिम प्रदेशका के।स। तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १२ र १३ गते ।
–कर्णाली प्रदेशका के।स। तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १४ र १५ गते ।
–लुम्बिनी प्रदेशका के।स। तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते ।
–तीनवटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते ।
–मधेश प्रदेशका केसहरूको बैठक भदौ २२ र २३ गते ।
–१ नं प्रदेशका केस तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ २४ र २५ गते ।
–जवस मोर्चामा कार्यरत पार्टी केसहरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी केसहरूको बैठक भदौ २७ र २८ गते ।
–प्रवास प्रदेशमा कार्यरत पार्टी केसहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ३१ र असोज १ गते ।
–जेष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ