शनिबार, साउन ३, २०८२

स्त्री- २ ले कमायो ४०० करोड


कान्तिपथ


काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको दोस्रो सातामा फिल्म ४०० करोड क्लबमा प्रवेश गरेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म फिल्मले अहिलेसम्म ४०१ करोड ६५ लाख कमाई गरेको छ ।

फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले शुक्रबार ३५.३० करोड, शनिबार ४५ करोड ७० लाख, आइतबार ५८ करोड २० लाख, सोमबार ३८ करोड ९० लाख, मंगलबार २६ करोड ८० लाख, बुधबार २० करोड ४० लाख र विहिबार १८ करोड २० लाख कमाएको थियो ।

त्यस्तै शुक्रबार १९ करोड ३० लाख, शनिबार ३३ करोड ८० लाख र आइतबार ४० करोड ७५ लाख कमाई गरेको छ ।

त्यस्तै फिल्मले रिलिजको दोस्रो सातामा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ । स्त्री-२ ले रिलिजको दोस्रो सातामा अहिलेसम्मकै धेरै ९३ करोड ८५ लाख कमाई गरेको छ । यस अघि फिल्म गदर -२ ले रिलिजको दोस्रो सातामा ९० करोड ४७ लाख कमाई गरेको थियो भने फिल्म एनिमलले ८७ करोड ५६ लाख कमाई गरेको थियो ।

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो ।

अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत