बुधबार, भदौ २६, २०८१

अन्तर्राष्ट्रिय स्तरको भलिवल कभर्डहल बनाउन उप समिति गठन


कान्तिपथ


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले भलिबल कभर्डहल निर्माण स्थल छनौट तथा तयारीका लागि ३ सदस्यि उप समिति गठन गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधा सम्पन्न भलिबल कभर्डहलको निर्माणका लागि जग्गा प्राप्ती र आवश्यक तयारीका लागि भलिवल संघका अध्यक्ष जीतेन्द्र बहादुर चन्दको संयोजकत्वमा उप समिति गठन गरेको हो ।

परिषद्का सदस्य सचिव स्तरिय निर्णयबाट गठन भएको उपसमितिले विभिन्न सरकारी निकाय तथा स्थानिय तहसंग समन्वय गरी उपयुक्त जग्गा छनौट गरि प्राप्तीका लागि प्रारंभिक चरणको कार्य गर्नु पर्ने छ ।

यस्तै जग्गा एकिन भएपछि २०८१ असोज महिना भित्र डि पीआरको लागि आधार तयार गर्ने उपसमितिलाई कार्यदेश दिईएको छ ।

उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत