काठमाडौँ । चीनको एक कम्पनीबाट किनेकाे कट्टु लगाउदा एक जना युवती गर्भवती भएकी छिन् ।
कम्पनीबाट किनेको कट्टु लगाउँदा गर्भवती भएको युवतीकी आमाकाे दाबी छ।
नाम नखुलाइएको उक्त कम्पनीले यस्तो ‘स्टन्ट’ ले उद्यमीहरूलाई व्यापार नै बन्द गर्न बाध्य बनाउन सक्ने चेतावनीसमेत दिएको थियो ।
ती युपतीले चीनको सबैभन्दा ठुलो अनलाइन सपिङ कम्पनी टाओबाओबाट उक्त कम्पनीको कट्टु खरिद गरेकी थिइन् ।
पछि उनले ती नयाँ कट्टु लगाएपछि युवती गर्भवती भएकाे जनाएकाे छ ।
कर्मचारीहरूले यस्तो हुनै नसक्ने भन्दै उनलाई सम्झाउन खोजे पनि योभन्दा भन्दा बाहेक अन्य तरिकाबाट आफ्नो छोरी गर्भवती हुनै नसक्ने युवतीकी आमाकाे दाबी छ ।
युवतीकी आमालाई सम्झाउन नसेकपछि अन्ततः ग्राहक सहायता प्रतिनिधिहरूले कम्पनीमा महिला मात्र काम गर्ने र कम्पनीका मालिकले पनि परिवार नियोजन (नसबन्दी) गरिसकेको जवाफ दिएका थिए ।
‘मेरो छोरी तिमीहरूको कट्टु लगाएपछि गर्भवती भएकी छिन्,’ ती महिलाले गुनासो छाडेकी थिइन् ।
जसको जवाफमा कर्मचारीहरूले सुरुमा लेखेका थिए –कट्टुलाई गर्भवती सार्ने माध्यमको रूपमा प्रयोग गर्न सकिँदैन ।
महिलाले यो कुरा सामाजिक सञ्जालमा साझा गर्न सक्ने डरले कम्पनीले पहिले नै ती महिलासँग भएको कुराकानी आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएको थियो ।
यो पोस्ट निकै भाइरल बनेको थियो । जसमा मानिसहरूले कमेन्ट ती महिलाकी छोरी कसरी गर्भवती बनिन् भन्ने विभिन्न सिद्धान्तहरू सुझाएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ