सोमवार, माघ ७, २०८१

रौतहट प्रहरीद्वारा करिब ६ लाखको अबैध सामानसहित ३ जना पक्राउ


कान्तिपथ


काठमाडाैं । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटबाट खटिएको गस्ती टोलीले करीब ६ लाख रुपैयाँको अबैध भारतीय सामानसहित तीन जनालाई पक्राउ गरेको छ ।

सीमावर्ती भारतबाट भन्सार छली अबैध रुपमा मोटरसाईकलमा राखेर प्याज, आलु लगायतका सामानसहित प्रहरी गस्ती टोलीले तीनजना तस्करलाई पक्राउ गरेको हो । 

तस्करहरुबाट बरामद भएको सामान सवारी साधनसहितको कुल ५ लाख ९० हजार ४४४ रुपैयाँ मूल्याङकन गरी तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिएकी छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत