शनिबार, भदौ २२, २०८१

एकीकृत समाजवादीको उपाध्यक्षमा झाक्रीको उम्मेदवारी


कान्तिपथ


काठमाडौं । नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाक्रीले उम्मेदवारी दिएकी छ्न् ।

यसअघि पार्टीको सचिव रहेकी झाक्रीले यसपटक उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् । 

केही समयअघि सम्पन्न पार्टीको दशौ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र महासचिवबाहेक पदाधिकारी टुंगो लगाउन सकेको थिएन ।

सहमतिमै पदाधिकारी समेत चयन गर्ने गरी योजना बनेको भएपनि सहमती हुन नसकेपछि निर्वाचनबाट टुंगो लगाइने भएको हो ।

अब पार्टीका केन्द्रीय कमिटी सदस्यहरुले मतदानमार्फत नेतृत्व चयन गर्नेछन् ।

पार्टीको वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्बिरोध निर्वाचित भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत