शुक्रबार, असार ६, २०८२

अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या


कान्तिपथ


काठमाडाैं । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली विद्यार्थीको गोली हानी हत्या भएको छ ।

ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत भोजपुरकी करिब २१ वर्षीया मुना पाण्डेको ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली हानी हत्या भएको हो ।

नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले मुनाको छातीमा गोली लागेको अवस्थामा शव अपार्टमेन्टमा फेला परेको जानकारी दिए ।

मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रूपमा सन् २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ ।

अपार्टमेण्टका कर्मचारीहरूका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो । त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत