बुधबार, माघ ३०, २०८१

एकीकृत समाजवादीको दलित सचिवमा गणेश विश्वकर्मा निर्वाचित


कान्तिपथ


काठमाडौं । दलित आन्दोलनका अगुवा गणेश विश्वकर्मा नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय सचिव निर्वाचित भएका छन् ।

दलित सचिवका लागि गणश विश्वकर्मा, निरा जैरु र कृष्ण नेपालीले प्रतिष्पर्धा गरेकोमा सचिवमा निर्वाचित विश्वकर्माले १८०, जैरुले ९८ र नेपालीले २६ मत पाएका थिए । तिनै जना यसअघि पोलिटव्यूरो सदस्य थिए ।

असारमा सम्पन्न भएको १०औं महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाल सर्वसम्मत भएका थिए । त्यसैगरी ९३ जना केन्द्रिय सदस्य पनि सर्वसम्मत भएका थिए ।

अधिकांश पदाधिकारी पदमा सहमति नभएपछि महाधिवेशनकै झल्को दिने गरी समाजवादीले चुनाव गरेको थियो ।

१७ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्यका लागि दिएका उम्मेदवारी परेको थियो । समाजवादीमा ६ उपाध्यक्ष, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ ।

६ उपाध्यक्षका लागि १५ जना र ४ जना उपमहासचिवका लागि १९ जनाले प्रतिष्पर्धा गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत