शुक्रबार, जेष्ठ ३, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • ‘हेर्ने कथा’ बाट चर्चामा आएका प्रकाश तामाङलाई नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन

‘हेर्ने कथा’ बाट चर्चामा आएका प्रकाश तामाङलाई नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन


कान्तिपथ


काठमाडौं। विद्या चापागाईंको युट्यूब सिरज ‘हेर्ने कथा’ को सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ (काले मोक्तान) ले केही दिनमा नै नागरिकता पाउने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताका लागि सहजिकरण गर्न निर्देशन दिइसकेको बताए।

उनले भने, ‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो। राति १० बजे गृहसचिव एकनारायण अर्याललाई बोलाएर दुई चार दिन भित्रमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएकाे छ।’

नागरिकता भए प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरुले सहयोग गर्न मिल्ने भएकाले पनि यो आवश्यकता पूरा गर्नुपर्ने उनले बताए।

फेसबुकमार्फत ओलीले नागरिकता प्राप्तगरिसकेपछि प्रकाशलाई सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने कुरा पनि भएको बताए।

ओलीले नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,

https://www.facebook.com/share/p/fywVMZH843EkKh5u

  • ‘हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथीमार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरें, उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन, पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो, प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो, नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ, नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो, उहाँले प्रकाशलाई दुई–चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ, नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत