काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शंखमुलस्थित द टाइम पास स्नुकर एण्ड खाजा घरमा रूपक बान्तवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ घर भएका २२ वर्षीय एमके कुमार छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएका अनुसन्धान अधिकृतहरूले उनलाई पक्राउ गरेका हुन् ।
भदौ १० मा बिहान ४० वर्षीय रूपक बान्तवाले आफ्नै घरमा सञ्चालन गरेको स्नुकरमा उनको हत्या भएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ