शुक्रबार, भदौ २८, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने पक्राउ


कान्तिपथ


काठमाडौं । विभिन्न सामाजिक संजालको दुरूपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा महोत्तरी सोनमा गाउँपालिका-८ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने २२ वर्षीय रोहित रन्जन यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

थाइल्याण्डमा बसोबास गर्ने एलेन अरबि श्रेष्ठको कार दुर्घटनामा परी मृत्यु भएको र निजको नाममा थाइल्याण्डस्थित Siam कमर्सियल बैंकको खातामा रहेको ८५ लाख अमेरिकी डलर निकाल्न निजको उत्तराधिकारी कोही नभएकोले सो रकम बैंकबाट निकाल्न उत्तराधिकारी बनाई रकम निकाली दिन्छौ भनी प्रलोभन देखाई विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाताहरूमा पटक पटक गरी ९९ लाख ६४ हजार ७ सय रूपैयाँ रकम पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सुर्यविनायक नगरपालिका-८ बाट पक्राउ गरेको हो ।

यस बिषयमा अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत