मङ्लबार, बैशाख ९, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • एकीकृत समाजवादीको महाधिवेसन सकियो, हार्ने पदाधिकारीले पाए पोलिटव्युरोमा पपुलर मत

एकीकृत समाजवादीको महाधिवेसन सकियो, हार्ने पदाधिकारीले पाए पोलिटव्युरोमा पपुलर मत


कान्तिपथ


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ८४ सदस्यीय पोलिटव्युरो कमिटी निर्वाचित भएको छ ।

एकीकृत समाजवादीले बुधबार पार्टीका १८ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्य छनोटका लागि मंगलबार मतदान भएको थियो ।

बिहीबार बिहान पोलिटब्युरो सदस्यहरुको निर्वाचन परिणाम पनि सार्वजनिक भएको हो ।

परिणाम सार्वजनिक हुँदा पदाधिकारीमा हारेका केही नेता पोलिटब्युरो सदस्यमा विजयी भएका छन् ।

महिला उपाध्यक्ष पराजित रामकुमारी झाँक्री, खुला उपाध्यक्षमा पराजित विरोध खतिवडा, मधेसी उपाध्यक्षमा पराजित रामचन्द्र झा लगायतका नेता पोलिटव्युरो सदस्यमा अत्याधिक मतसहित विजयी भएका हुन् ।

पोलिटब्युरोमा सबैभन्दा धेरै मत विरोध खतिवडाले पाएका छन् । उनले २०१ मत पाएका छन् ।

पोलिटब्युरो सदस्यमा विरोध खतिवडासँगै जीवनराम श्रेष्ठ, रमा आलेमगर, रामकुमारी झाँक्री, रामचन्द्र झा, कल्याणीकुमारी खड्का, डा। विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, रामकुमार ज्ञवाली, भवानीप्रसाद खापुङ्ग लगायत विजयी भएका छन् ।

डा. वंशीधर मिश्र, विजय सुब्बा, उर्वादत्त पन्त, निरादेवी जैरु, नागेन्द्रप्रसाद चौधरी, अम्मरबहादुर थापा, बलराम प्रसाद बास्कोटा, शत्रुधन महतो, दिलकुमारी पन्त, सुदेश पराजुली लगायत छन् ।

बुधबार मात्रै उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जग्गनाथ खतिवडा, भानुभक्त जोशी, प्रकाश ज्वाला, धर्मनाथ प्रसाद शाह र उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, गरिमा शाह र राजेन्द्र राई विजयी भएका छन् ।

त्यसैगरी सचिवमा गणेश विक, बलदेव चौधरी, श्रीनाथ बराल, सावित्रा भुसाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे र चन्द्रबहादुर शाही विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा नेता राजेन्द्रप्रसाद पाण्डे यसअघि नै निर्विरोध भएका थिए ।

यी हुन् पोलिटब्युरो सदस्यमा विजयी हुने नेता



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत