बुधबार, भदौ २६, २०८१

१५ वर्षीय बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा पक्राउ


कान्तिपथ


प्युठान । १५ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा रोल्पा सुनिल स्मृति गाउँपालिका(४ कोईरालखर्क बस्ने २१ वर्षीय सरोज विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सरोजले ती किशोरीलाई स्वर्गद्वारी नगरपालिका(२ हाम्जास्थित धौलागिरी सामुदायिक वनमा गत साउन ७गते साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट खाल र जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत