मङ्लबार, माघ २९, २०८१

अवैध लागूऔषधसहित ५ जना पक्राउ


कान्तिपथ


काठमाडाैं । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१४ भाटनपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम सहित भारत बहराईच उत्तर प्रदेश बस्ने ३१ वर्षीय आनन्द बर्मालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुर्खेतकाे बिरेन्द्रनगर नगरपालिका-६ बस्ने २४ वर्षीय संजय गुरूङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित बुधबार राती प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-३ इतौरा बस्ने ३६ वर्षीय डिल बहादुर महतोलाई अवैध लागूऔषध गाँजा करिब ३ किलो ५ सय ग्राम र सोही नगरपालिका-४ पनौती बस्ने १८ वर्षीय किशोरलाई अवैध लागूऔषध गाँजा ५ सय ग्राम सहित बुधबार राती प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरी बाराकाे जितपुरसिमरा उपमहानगरपालिका-१७ रघुनाथपुरबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्राम सहित निजगढ नगरपालिका-१३ रतनपुर बस्ने ३४ वर्षीय संदेश स्याङतानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरीले रघुनाथपुरबाट भोडाहतर्फ जाँदै गरेको प्र.२-०३-०१३ प २४०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक संदेशलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत