काठमाडौ । अमेरिकामा २१ वर्षीया मुना पाण्डेमाथि गोली प्रहार गर्ने व्यक्ति ५१ वर्षीय व्यक्ति बबी सिंह शाह भएको खुलेको छ ।
अमेरिकामा नेपालीहरूले सञ्चालन गरेको समाचार पोर्टल नेपयोर्कका अनुसार हस्टन प्रहरीले पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्ति बबि भएको पहिचान खुलाएको हो ।
उनलाई सीसीटीभीमा देखिएको तस्बिरका आधारमा प्रहरीले पक्राउ गरेको थियो । बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाको आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ