मङ्लबार, माघ २९, २०८१

बेल्चाले प्रहार गर्दा आयल निगम डिपोका एक कर्मचारी ठहरै


कान्तिपथ


जनकपुरधाम । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकास्थित नेपाल आयल निगम लिमिटेडका महेन्द्रनगर डिपोका एक कर्मचारीको ज्यान गएको छ । आपसी झगडा हुँदा डिपोका कर्मचारी राकेश वर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आयल निगमकै कर्मचारीबीच भएको आपसी झगडाको क्रममा वर्मामाथि बिहीबार राति बेल्चा प्रहार भएको थियो । बेल्चा प्रहारपछि वर्माको ज्यान गएको थियो । घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार वर्मा नेपाल आयल निगम लिमिटेडमा ज्यालादारीका कर्मचारी थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत