आइतवार, फाल्गुन ४, २०८१

माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन


कान्तिपथ


नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारबाट बाहिरिएको एक महिनापछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

शुक्रबार विराटनगरमा सम्पन्न माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। गत साउन ११ गते माओवादीका तीन मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका थिए।

संसदीय दलको बैठकपछि माओवादी दलका नेता इन्द्र आङ्ग्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए।

प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयलमा दर्ता गरिसकेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत