सोमवार, माघ २८, २०८१

आर्सनलले विंगर रहीम स्टर्लिङलाई लोनमा भित्र्यायो


कान्तिपथ


काठमाडौँ । इङल्याण्डका विंगर रहीम स्टर्लिङलाई प्रिमियर लिग क्लब आर्सनलले लोनमा भित्र्याएको छ ।

खेलाडी ट्रान्सफर विन्डोको अन्तिम समयमा स्टर्लिङलाई आर्सनलले चेल्सीबाट लोनमा भित्र्याएको हो ।

मिडिया रिपोर्टका अनुसार स्टर्लिङका लागि आर्सनलले उनको पारिश्रमिकको आधा रकम तिर्ने सहमति पछि भित्र्याएको हो ।

चेल्सीमा उनको पारिश्रमिक करिब ४ लाख डलर प्रति साता रहेको थियो ।

अब आर्सनलले सो पारिश्रमिकको करिब आधा रकम चेल्सीलाई तिर्ने सहमति भएको बताइएको छ ।

लामो समय म्यानचेस्टर सिटीबाट खेलेका स्टर्लिङले सिटीका लागि ३३९ खेलमा १३१ गोल गरेका छन् भने चेल्सीमा दुई सिजनमा ८१ खेलमा १९ गोल गरेका छन् ।

इङल्याण्डका लागि ८२ खेल खेलेका स्टर्लिङले २० गोल गरेका छन् ।

उनी २०२२ देखि इङल्याण्डको राष्ट्रिय टिमबाट बाहिर रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत