शनिबार, माघ २६, २०८१

हत्या गरेको अभियोगमा पक्राउ


कान्तिपथ


नुवाकोट । मेघाङ गाउँपालिका-३ गोगने बस्ने ६५ वर्षीय चमार तामाङको हत्या गरेको अभियोगमा बिदुर नगरपालिका-७ कुबिण्डे बस्ने ६५ वर्षीय लाल बहादुर तामाङलाई हिजाे शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मेघाङ गाउँपालिका-३ गोगनेस्थित उनीहरू बिच वादविवाद भई झै-झगडा हुँदा लाल बहादुरले ढुङ्गा प्रहार गर्दा चमारको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत