शनिबार, भदौ २२, २०८१

नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही


कान्तिपथ


काठमाडाैं। पश्चिम नवलपरासीमा नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही गर्ने भएकाे छ ।

औषधि पसल बिनादर्ता सञ्चालन भएको गुनासो बढेपछि स्वास्थ्य कार्यालय, स्थानीय तह, जिल्ला प्रशासन, करदाता सेवा कार्यालयसहितको संयुक्त टोलीले अनुगमनमा जुटेकाे हाे ।

अनुगमनका क्रममा सदरमुकामका दुई औषधि पसललाई जरिवाना गरेकाे छ ।

जिल्लामा ६० भन्दा बढी औषधि पसल बिनादर्ता सञ्चालनमा रहेको बताइएको छ । दर्ता भएर सञ्चालन भएका आधिकांश पसलहरूले पनि अनुमति लिएको भन्दा फरक कारोबार गर्ने गरेका पाइएको अनुगमन टोलीले जनाएको छ ।

फार्मेसी सञ्चालक उपस्थित नभई औषधि बिक्री गर्ने गरेको र बिलबिजक नराखेको समिता मेडिकललाई रु १० हजार जरिवाना गरिएको छ ।

त्यस्तै पसलमा फार्मेसीसँग सम्बन्धित व्यक्ति रहे पनि एक वर्षदेखि विदेशमा रहेका व्यक्तिको फार्मेसी सञ्चालन अनुमतिपत्र राखेर औषधि बिक्री गर्नुका साथै पान नम्बर नराखी पसल सञ्चालन गरेको भन्दै सन मेडिकल हललाई रु दुई हजार जरिवाना गरिएको छ ।

जिल्ला औषधि व्यवसायी सङ्घका अनुसार जिल्लामा दुई सय १० औषधि पसल रहेकामा ६० विनादर्ता सञ्चालनमा रहेको जानकारी आएकाले क्रमशः अनुगमन गरेर कानुनी दायरामा ल्याइने स्वास्थ्य कार्यालयले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत