मङ्लबार, माघ ८, २०८१

मोरङमा दुई बालिका मृत फेला,आमा बेपत्ता


कान्तिपथ


विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा दुई नाबालिग मृत भेटिएका छन् भने उनकी आमा बेपत्ता भएकी छिन् । घरमा श्रीमानसँग सामान्य झगडापछि २९ वर्षीया अस्मिता न्यौपाने छोरी लिएर हिँडेकी थिईन । धनकुटा घर भएका अर्जुन कार्कीको परिवार सुन्दरहरैँमा बस्दै आएका थिए ।
बन्दै गरेको घरमा पानी नहालेको विषयमा उनीहरूबीच विवाद भएपछि उनले छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणालाई लिएर अस्मिता घरबाट निस्केकी प्रहरीले बताएको छ । त्यसपछि हिजो दिउँसो एकैठाउँमा मृत फेला परेका थिए।

स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र दिदी आयिकाले बाहिनी अर्पणालाई अँगालो मारेको अवस्थामा शव भेटिएको बेलबारी प्रहरीले जनाएको छ । आमा अस्मिता भने सम्पर्कविहीन रहेकाले खोजी भइरहेको इप्रका बेलबारीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार बालिकाहरूको शव नजिकै कीटनाशक औषधि ‘मेटासिट’ को बट्टा फेला परेको छ ।

‘बाहिरी चोटपटक देखिएको छैन । घटनास्थलमा मेटासिटको बट्टा फेला परेको छ,’ दाहालले भने, ‘दिदीले बहिनीलाई अँगालो मारेको अवस्थामा दुवैको शव भेटिएको हो । घटनास्थलको प्रकृति हेर्दा विष खुवाएर हत्या गरेजस्तो देखिन्छ ।’

छोरीहरूलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको अनुमान छ । अस्मिताले मोबाइल पनि केरा घारीमा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहानैबाट न्यौपानेको खोजी कार्य भइरहेको छ । स्थानीय र प्रहरीले सुन्दरहरैँचा आसपासको जंगलमा खोजी जारी राखेका छन् ।

२ छोरी मृत भेटिएको ठाउँ र नजिकैको जंगलमा खोजी गर्दा पनि आमा अहिलेसम्म नभेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

धनकुटाको पख्रिबास नगरपालिका(४ डिकुरे घर भएका अर्जुन पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत