मङ्लबार, माघ २९, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा अनियमितता भएको भन्दै कारबाहीको माग

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा अनियमितता भएको भन्दै कारबाहीको माग


कान्तिपथ


काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा सामान खरिद प्रक्रियामा लाखौँको आर्थिक अनियमितता भएको भन्दै कारबाहीको माग गरिएको छ ।

आज नेपाल राष्ट्रिय कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै नास्टका प्रदेश कार्यालय कार्यालय व्यवस्थापनका लागि सामग्री खरिदमा आर्थिक अनियमितता भएकाले आवश्यक छानबिन गरी कारबाहीको माग गरेको हो ।

यस्तै संगठनले नियम विपरीत कर्मचारी नियुक्ति, नियुक्ति दिएको व्यक्तिलाई जिम्मेवारी नदिएको लगायत विषयमा अनियमितता भएको आरोप लगाएको छ ।

संगठनले आज नास्टको प्राङ्गणमा कालो झण्डा राखी विरोध गरेको अध्यक्ष होमबहादुर खनालले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत