आइतवार, माघ ६, २०८१

‘हेर्ने कथा’ बाट चर्चामा आएका प्रकाशले पाए नागरिकता


कान्तिपथ


काठमाडौं । विद्या चापागाईंको युट्यूब सिरज ‘हेर्ने कथा’मार्फत परिवारसँग पुनर्मिलन भएका प्रकाश मोक्तानले नागरिकता पाएका छन् ।

उनलाई भोजपुरको षडानन्द नगरपालिकाको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।

षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले माेक्तानलाई नागरिकता हस्तान्तरण गरे । साे अवसरमा वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यलयका प्रमुख विनोद ज्ञवाली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंलगायत उपस्थित थिए ।

वर्षाैंपहिले करिब १० वर्षकाे उमेरमा झापाबाट कामकाे खाेजीमा काठमाडाैं आएका प्रकाश हराएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत