काठमाडौँ । बलिवुड फिल्म स्त्री–२ ले भारतीय बक्स अफिसमा शानदार कमाइ गरिरहेको छ ।
फिल्म रिलिजको तेस्रो सातामा ५०० करोड क्लबमा पुगेको हाे ।
फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म फिल्मले अहिलेसम्म ५०२ करोड ३५ लाख कमाइ गरेको छ ।
फिल्मले आइतबार मात्र २२ करोड १० लाख कमाइ गरेको थियो ।
फिल्मले रिलिजको पहिलो साता ३०७ करोड ८० लाख कमाएको थियो भने दोस्रो साता १४५ करोड ८० लाख कमाएको थियो ।
त्यस्तै फिल्मले रिलिजको तेस्रो साता ४८ करोड ७५ लाख कमाई गरेको थियो ।
करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो ।
अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ