महानायक राजेश हमालको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’मा युवा व्यवसायी तथा एक्सन अभिनेता राजीव जंग बस्नेतले पनि अभिनय गर्ने भएका छन् । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै सिनेमामा उनको अभिनय रहने जानकारी दिएको हो ।
मार्सल आर्ट खेलाडी समेत रहेका अभिनेता राजीव जंग बस्नेतले बद्री बहादुर, हिरो नम्बर वान,चुरीफुरी, म यस्तो गीत गाउँछु २, मिलन चाम्सद्वारा निर्देशित एक सर्ट फ़िल्म, दर्जन भन्दा बढी म्युजिक भिडीयोमा समेत काम गरिसकेका छन् ।
सिनेमामा यसअघि नै महानायक हमाल र बस्नेतका अलवा राज कटुवाल, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित भइसकेका छन् । ‘नरसिंहाः अवतार’मा कलाकारहरूको लाइन अप रोचक देखिएको छ । निर्माणपक्षले सिनेमामा यी सबै कलाकारको के–कस्तो भूमिका छ भन्ने जानकारी दिएको छैन् । हमाल र बस्नेत पहिलो पटक एउटै पर्दामा देखिन लागेका हुन् ।
महानायक हमालले आठ वर्षपछि ठुलो पर्दामा कमव्याक गर्दैछन् । क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुन लागेका सिनेमा भदौको अन्तिम साताबाट छायांकनमा जाने तयारीमा रहेको छ । सिनेमाको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ