आइतवार, भदौ २३, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • धार्मिक पर्यटनका लागि सूदुरपश्चिम भर्जिन क्षेत्र : मन्त्री पाण्डे

धार्मिक पर्यटनका लागि सूदुरपश्चिम भर्जिन क्षेत्र : मन्त्री पाण्डे


कान्तिपथ


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् ।

विहिबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले भने, ‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ । तर पनि राज्यबाट पछि परेको छ । मानव विकास सूचकांकका दृष्टिकोणले समेत पछाडि परेको छ ।

यसका लागि हामीले सुदुपश्चिमको पर्यटकीय क्षेत्रको  विकास लागि राजनीति दल सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने छु ।’

मन्त्री पाण्डेले भाषा सभ्यता, संस्कृति, भेषभुषा र पर्यटकीय दृष्टिकोणले मुलुक धनी भएको बताउदै संस्कृति र पर्यटनलाई चलायनमान बनाउने र त्यसलाई सुनिश्चित बनाउनका लागि नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउन बनाउन सकेमा देशमा आर्थिक वृद्धि हुने उल्लेख गरे ।

उनले मन्त्रालयको समग्र विषयवस्तु बुझिसकेको र अब प्राथमिकरणका आधारमा अघि बढ्ने समेत बताए । 

साथै उनले नीतिगत र कानुनी रूपमा भएका त्रुटिहरू समेत संशाेधन गर्दै अघि बढिरहेको प्रस्ट पारे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत