मङ्लबार, माघ २९, २०८१

भारत र सिङ्गापुरबीच ४ महत्वपूर्ण सम्झौता


कान्तिपथ


काठमाडौँ । भारत र सिङ्गापुरबीच डिजिटल प्रविधि र सेमीकन्डक्टर लगायतका चार सम्झौतामा हस्ताक्षर भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जालमा सो जानकारी दिएका हुन् ।

परराष्ट्र मन्त्रालयको विज्ञप्ति अनुसार सेमीकन्डक्टर, डिजिटल प्रविधि, शिक्षा तथा सीप विकास, स्वास्थ्य र औषधि क्षेत्रमा सहयोगका लागि सम्झौता भएको छ । सिंगापुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार सिंगापुरको संसद भवन पुगेका थिए, जहाँ उनको स्वागत गरिएको थियो ।

प्रधानमन्त्री मोदीले सिंगापुरका प्रधानमन्त्री लरेन्स वाङसँग भेट गरे र त्यसपछि दुई देशबीच द्विपक्षीय वार्ता भयो, त्यसपछि सम्झौतामा हस्ताक्षर भयो ।

प्रधानमन्त्री मोदीले लरेन्स वाङलाई प्रधानमन्त्री बनेकोमा बधाई दिँदै भने, ‘सिंगापुर एउटा देश मात्र होइन, यो हरेक विकासशील देशका लागि प्रेरणा हो । हामी भारतमा धेरै सिङ्गापुरहरू पनि बनाउन चाहन्छौं र हामी यस दिशामा सँगै काम गरिरहेकोमा म खुसी छु ।

सेप्टेम्बर ४ मा सिंगापुर पुग्नुअघि प्रधानमन्त्री नरेन्द्र मोदी ब्रुनाई गएका थिए । यो सानो एसियाली देश ब्रुनाईको भ्रमण गर्ने उनी पहिलो भारतीय प्रधानमन्त्री हुन् । ब्रुनाई कम्बोडिया, इन्डोनेसिया, मलेसिया र सिङ्गापुर नजिकैको एउटा सानो देश हो, जसको जनसंख्या करिब ४ लाख ६१ हजार छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत