सोमवार, माघ २८, २०८१

अवैध लागूऔषधसहित ३ जना पक्राउ


कान्तिपथ


काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट तीन जना पक्राउ गरेको छ ।

जसमा मोरङ, सुनबर्षी नगरपालिका-६ खिर्कीडाँगीस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय २० ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनवर्षी नगरपालिका-८ विश्वकर्मा टोल बस्ने २२ वर्षीय अप्सर आलम र सोही नगरपालिका-८ हर्चनगढी बस्ने २८ वर्षीय प्रदिप कुमार राजवंशी रहेका छन् ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीलाई देख्नासाथ डाइनियाबाट अमरदहतर्फ जाँदै गरेको मे.६ प १८२८ नम्बरको स्कुटरमा आएका २ जना व्यक्तिहरूले झोला फाली फरार भएपश्चात् झोला तलासी गर्दा प्रहरीले उक्त लागूऔषध फेला पारी बरामद गरेको थियो ।

साथै फरार व्यक्तिहरूको खोजी गर्ने क्रममा स्कुटर चालक अप्सर आलम र स्कुटरमा सवार प्रदिप कुमारलाई आ-आफ्नो घरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।  

कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित बर्दगोरिया गाउँपालिका-२ बस्ने २७ वर्षीय जोशन चौधरीलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले से.६ प ७४६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक चौधरीलाई पक्राउ गरेको हो । 

यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत