सोमवार, बैशाख १५, २०८२

बाढीले बगाउँदा दुई जनाको मृत्यु, एक बेपत्ता


कान्तिपथ



बागलुङ । बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

बागलुङ नगरपालिका- ४, बान्द्रे खोलामा गएराति आएको बाढीमा कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।

मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएका छन् । 

सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेलापरेको थियो ।  ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको छ । अहिले पनि वर्षा भइरहेको हुँदा बेपत्ताको खोजीमा समस्या भएको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत