शनिबार, अशोज १९, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • भारतीय कुस्ती खेलाडी विनेश कांग्रेसबाट विधान सभा चुनाव लड्ने

भारतीय कुस्ती खेलाडी विनेश कांग्रेसबाट विधान सभा चुनाव लड्ने


कान्तिपथ


काठमाडौँ । भारतकी कुस्ती खेलाडी विनेश फोगाट नेशनल कांग्रेसमा प्रवेश गरेकी छन् । शुक्रबार कांग्रेसमा प्रदेश गरेकी फोगाटलाई कांग्रेसले हरियाणाको जुलानाबाट विनेश टिकट समेत दिएको छ ।

पेरिस ओलम्पिकमा फाइनल खेल्न अयोग्य भएकी विनेश फोगाट भारत फर्किएपछि नै कांग्रेसमा प्रवेश गर्ने अनुमान गरिएको थियो ।

विनेश फोगाट र अर्का कुस्ती खेलाडी बजरंग पुनियाले शुक्रबार कांग्रेसका वरिष्ठ सदस्यहरूको उपस्थितिमा पार्टीको सदस्यता लिएका थिए । 

विनेश फोगाट पेरिस ओलम्पिकमा पदक जित्नबाट चुकेकी थिइन् । ५० केजी तौल समूहमा उनी फाइनलमा पुग्दा पनि १०० ग्रामभन्दा बढी तौल भएका कारण अयोग्य घोषित भए ।

यसअघि बजरंग पुनिया र विनेश फोगाटले भारतीय कुस्ती महासंघका पूर्व अध्यक्ष बृजभूषण सिंहविरुद्ध महिला कुस्ती खेलाडीको यौन शोषणको विषयमा विरोध गर्दै दिल्लीको जन्तर मन्तरमा लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत