काठमाडौं । कुमारी बैैंककी कर्मचारी तृप्ती राणालाई प्रहरीले हुन्डी कारोबारको अभियोगमा मुद्दा दायर गरेको छ ।
कुमारीपाटी शाखामा अधिकृतका रुपमा कार्यरत उनलाई प्रहरीले दुई महिनाअघि पक्राउ गरी एक साता थुनामा राखेको थियो ।
हाजिरी जमानीमा छाडिएकोमा गत सोमबार फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।
उनको खातामा स्रोत नखुलेको १७ लाख ९३ हजार पाँच सय ६० रुपैयाँ कारोबार भएको र त्यो हुन्डीवापतको भएको बताइएको छ ।
धेरै जसो पैसा उनको खातामा बुटवल मनि ट्रान्सफरका सञ्चालक सहदेव बिक्रम शाहले जम्मा गरेका थिए ।
शाहलाई पनि प्रहरीले अनुसन्धानमा तानेपनि सामान्य सोधपुछ गरेर छाडेकोमा पछि फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ