काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले पोलाइन्ड नामक लागुपदार्थसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार बेलुका काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित झोलुङ्गे पुल नजिकबाट कन्चनपुरको कृष्णपुर नगरपालिका-२ का २२ वर्षीय युवकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनको नाम भने खुलाएको छैन ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको सूचनाको आधारमा ५ किलो लागुऔषधसहित उनलाई नियन्त्रणमा लिइएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ