शनिबार, अशोज २६, २०८१

चट्याङ लागेर ७ जनाको मृत्यु


कान्तिपथ


काठमाडौं । भारतको छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ लागेर ७ जनाको मृत्यु भएको छ भने अन्य मान्छे घाइते भएका छन् ।

छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले सो घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्।

मुख्यमन्त्रीले बालोदबजार जिल्लाको मोहत्रा गाउँमा चट्याङ लागेर ७ गाउँलेको मृत्यु भएको र अन्य जना घाइते भएको दुःखद जानकारी प्राप्त भएको बताएका छन् ।

जिल्ला प्रशासनले घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याएको उनले लेखेका छन् ।

प्रशासनलाई राम्रो उपचारको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

मुख्यमन्त्रीले भनेका छन्, ‘मृतकका परिवारप्रति मेरो समवेदना छ ।

म दिवङ्गत आत्माको चीर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत