बुधबार, माघ ३०, २०८१

सुमना भन्छिन्- प्रधानमन्त्री ओलीको कार्यक्षमतामा प्रश्न उठ्यो


कान्तिपथ


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको दिक्षान्त समारोह रोकिएकोप्रति आपत्ति जनाएकी छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले ओली शासनमा विद्यार्थीहरुले दिक्षान्त समारोहमा कहिले भाग लिन पाउछन् भन्दै सरकारले शिक्षा क्षेत्रलाई राजनीतिकरण गरेर अस्तव्यस्त बनाएको आरोप लगाएकी छन् । 

उनले भनिन्- ‘कृषि तथा वन विज्ञान विश्व विद्यालयमा ११ दिन भयो जाँच नभएको । चलिरहेको जाँच बन्द हुदा १४ सयभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । अब चार बर्षमा सकिने स्नातक तह कति बर्षमा सकिने हो ? विश्वविधालय पठन पाठनको क्षेत्र कम पार्टीहरुको पार्टी प्यालेस बढी हुन थालेको छ । एउटा प्रमको पार्टी र एउटा गृहमन्त्रीको पार्टी, दुईवटा विद्यार्थी संगठनको लडाईमा पढ्छु भन्ने विद्यार्थीले जाँच पनि दिन नपाउने, विद्यार्थीहरुलाई हामीले के गर्न सिकाउदै छौं । न पढ्न दिन्छौं, पढेर जेन तेन जाँच दिन पनि दिन व्यवस्था मिलाउदैनौं, त्यसपछि दिक्षान्त समारोह पनि रोकिदिन्छौं ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइतबार दिक्षान्त नै रोकियो ।
मलाई त प्रधानमन्त्री कार्य क्षमतामा पटक पटक प्रश्न उठिरहेको छ । विद्यार्थीको जीवनमा यस्ता जाँचमा खेलवाड नगरियोस् । बरु राणा शासनमा एउटा विद्यालय खोलियो भनेर भन्छन् तर ओली शासनमा इतिहासले कसरी लेख्छ, त्यो हेर्न बाँकी छ ।

यो ओली शासनमा कृषि विद्यालयका विद्यार्थीको जाँच कहिलेदेखि हुन्छ ? कर्णालीका विद्यार्थीको दिक्षान्त समारोह कहिले हुन्छ ?’
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत