बुधबार, माघ ३०, २०८१

‘पेट्रोलियम पदार्थमा १० देखि १५ प्रतिशत इथानोल मिसाउन सकिन्छ’ : प्रतिभा महर्जन


कान्तिपथ


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा १० देखि १५ प्रतिशत मिश्रण गर्न सकिने जनाएको छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आज सोमबार नेपालकाे राजधानीमा आयोजना गरेको कार्यक्रममा केन्द्रीय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले पेट्रोलियम पदार्थमा १० देखि १५ प्रतिशत इथानोल मिश्रण गर्न सकिने बताइन् ।

नेपालमा २०६० सालमा नै आयातित पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेको उनले जानकारी दिईन् ।


ʻ२०६० मंसिर २९ गतेको नेपाल राजपत्र खण्ड ५३ संख्या ३५ मा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरिएको थियो ।


महर्जनले छिमेकी मुलुक भारत र चीनले समेत १५ देखि ३० प्रतिशतसम्म इथानोल प्रयोगलाई कार्यान्वयन गर्ने नीति बनाएकोमा नेपालले १० प्रतिशतलाई सहजै मिश्रण गर्न सकिने उनले बताइन् । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत