शुक्रबार, असार ६, २०८२

आहा ! ‘हेर्दा कति राम्रो मार्फा गाउँ…’


कान्तिपथ


प्रचारप्रसार र प्रवर्द्धनात्मक कामलाई सँगसँगै अघि बढाइएको बताए ।

अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मार्फा हुँदै विश्वको सातौँ अग्लो धौलागिरि हिमाल आरोहण गर्न जाने पदमार्ग छ। चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको मार्फा खण्डमा हालै कालोपत्र गरिएको वडाध्यक्ष हिराचनले जानकारी दिए । यहाँबाट आलुबारी हुँदै याकखर्कसम्म सडक पुर्‍याएपछि आरोहीलाई आधार शिविरमा सामान लैजान सहज भएको उनले बताए ।

वडाध्यक्ष हिराचनका अनुसार सहरी विकास तथा भवन निर्माण आयोजना बागलुङमार्फत रु एक करोडको लागतमा स्याउ उद्यान निर्माणाधीन छ । स्याउ आकृतिमा निर्माण गर्न लागिएको उद्यानबाट मार्फा गाउँ अवलोकन गर्न सकिन्छ । उक्त ठाउँ नजिकै गाउँपालिकाले स्याउको प्रतिमा बनाइएको छ ।

मार्फा गाउँबाट ‘भ्यू पोइन्ट’ जाने ढुङ्गा बिछ्याएको पदमार्ग निर्माण र डिलमा सौन्दर्यीकरणका लागि बत्ती जडान गरिएको उद्योग तथा पर्यटन कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले बताए ।

पर्यटकको सुविधाका लागि मार्फामा २० भन्दा बढी होटेल सञ्चालन भएका छन् । मुस्ताङ घुम्न आउने पर्यटकहरुले मार्फाका कोसेली घरहरुबाट स्याउ, सकुटी, दाल, ब्रान्डिलगायत सामग्री किनेर लैजाने गरेका स्थानीय व्यापारी बताउँछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत