काठमाडौँ । नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएकाे छ ।
सीईओका अर्का दाबेदार धनञ्जय रेग्मीले आज मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरेपनि वियमविपरीत जोशीलाई नियुक्ति गरिएको भन्दै उनले बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेका छन् ।
यहीं २१ गते बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओमा नियुक्त गरेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ