काठमाडौं । पछिल्लो केही दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
विमानस्थलमा सुरक्षा जाँचमा खटिएका प्रहरीले विदेश जान घर परिवार तथा आफन्तहरूबाट बिदाइ भएका ती युवालाई खादा खोल्न लगाएर दुर्व्यवहार गरेको भन्दै आलोचना भइरहेको छ।
उक्त भिडियोमा नेपाल प्रहरीमा कार्यरत दुई जना प्रहरी देखिएका छन् भने, एक जना नेपाली युवा देखिएका छन् ।
भिडियोमा देखिएका एक जना प्रहरीले वैदेशिक रोजगारका लागि विदेश जान लागेका युवालाई दुर्व्यवहार गरेको भनिएकाे छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा स्राेतका अनुसार उक्त घटना गत भदौ १४ गते बिहानको हो।
युवालाई प्रहरीले लगाइरहेको खादा खोल्न भनेका थिए। युवाले खादा नखोलेपछि प्रहरीले खादा समात्दै ‘यो खोल्नु भनेको’ कुरा भिडिओमा सुनिन्छ।
प्रहरीले युवकले लगाएको खादा समाएर ‘यो खोल्नु भन्या’ भन्दै निकाल्न खोजेका थिए। ती युवकको पछाडि रहेका युवकले प्रहरीको यो दुर्व्यवहार देखाउने भिडिओ खिचेका थिए। त्यसपछि उक्त भिडियाे भाइरल हुन पुग्याे ।
प्रहरी भनेको कानूनको कार्यान्वयन, नागरिकको सुरक्षा, स्वास्थ्य र सम्पत्तिको सुनिश्चितता गर्न र अपराध र नागरिक अराजकता रोक्न राज्यद्वारा अधिकार प्राप्त व्यक्तिहरूको गठित निकाय हो। समाजमा घट्ने विभिन्न अपराधका घटनाको अनुसन्धान मात्रै होइन समजमा शान्ति सुरक्षाको प्रत्याभूति दिनु पनि नेपाल प्रहरीको पहिलो धर्म हो । ‘सत्य सेवा सुरक्षणम’को मूल मन्त्र लिएर जनताको करबाट तलव र सेवा सुबिधा लिने नेपाल प्रहरीको पछिल्ला दिनमा भने निरन्तर कमजोर र आलोचित बन्दै गएको छ ।
जनताको करबाट आफ्नो सेवा सुबिधा लिने प्रहरी जनता प्रतिको आफ्नो कर्तव्यमा यसरी नै च्युत हुँदै जाने हो भने जनताको नजरमा गिरेको प्रहरीको साख कसरी उठ्न सक्ला ? के जनताको सहयोग बिना नेताकै पिर्के सलामी, गुलामी र भजन गाएर प्रहरी अगाडि बढ्न सम्भव छ ? त्यसैले प्रहरीले बर्दिवाला गुण्डाको छवी बदलेर जनता प्रतिको आफ्नो कर्तव्य पालनामा गम्भीर बन्नै पर्छ अन्यथा राम राम भन्न सकिन्छ तर काँध थाप्न भने सकिँदैन ।
यस बिषयमा राजधानी दैनिक प्रतिष्ठान शाखाका अध्यक्ष ईश्वर विश्वकर्माले फेसबुकमा लेख्छन् ;
आफ्नैने गर्छन दुर्ब्यवाहार !
यिनैले कमाएर पठाएको रेमिट्यान्सले पालिएका छौ । सम्मान गर्न जान्दैनौभने दुव्र्यवहार पनि नगर !
१५० रुपियाँको खादा किनेर परिवारको खुसी छाडेर जानुछ । तैपनी १५ मिनट नलगाउदै खोसिदिन्छन ।
नेपाली आकास भरी लगाउन पाउनुपर्ने हो ।
खादाको आयात बन्दगरौ !!
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ