बिहिबार, अशोज १७, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • पूर्वश्रीमतीको विषयमा आफुलाई नजोडन गुरुङको आग्रह, संसदमा गरे छानबिनको माग

पूर्वश्रीमतीको विषयमा आफुलाई नजोडन गुरुङको आग्रह, संसदमा गरे छानबिनको माग


कान्तिपथ


काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नी पूर्वश्रीमती ज्योति गुरुङले सहकारी ठगी गरेको विषयमा आफुलाई जोड्न नहुने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गुरुङले आफूमाथि तत्काल छानबिन अगाडी बढाउन माग गर्दै आफ्नो २०७६ मै निज ज्योतिसँग डिभोर्स भएकाले यस प्रकरणमा आफुलाई जोड्नु गलत भएको बताएका हुन् ।

सांसद गुरुङले पूर्वश्रीमती ज्योतिसँग आफ्नो सम्बन्ध खराब भएकै कारणले डिभोर्स गरेको भन्दै नक्कली डिभोर्स भन्दै गरिएको टिप्पणी प्रमाणित गर्न चुनौती दिएका छन् ।

 उनले आफुमाथि यसअघि लागेको आरोप पनि छानबिन पछि आरोप मुक्त भएको बताउदै आफ्नो बारेमा छानबीन गरेर आफूमाथि लागेको आरोपलाई गलत साबित गरिदिन सभामुख र सरकारसँग माग गरेका छन् ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत