आइतवार, फाल्गुन ४, २०८१

लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी


कान्तिपथ


पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी गरिएको छ ।

पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका सभापति लामिछानेलाई सहकारी पिडितले कार्यक्रमस्थल पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटबाहिर कालो झण्डा र नाराबाजी गरेका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताहरुले कालोझण्डा देखाउदै आफुहरुको बचत रकम फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

 सहकारी पीडितको प्रदर्शनका कारण सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत