सिराहा। धर्मको आडमा एक जनाले लाखौं रकम ठगी गरेको छ।
स्थायी घर लाहान – २२ भएको गोबिन्द बाबा (भाईरल बाबा)ले आफू प्रति भगवान आकर्षित भएको दावी गर्दै श्रद्धालु संग रकम लिने गरेको खुलासा भएको हो।
हाल लाहान वडा न. १ स्थित आफ्नै घरमा विभिन्न रोगको उपचार आफू संग रहेको भन्दै प्रती मानिसबाट १५,०० (पन्द्र सय रुपैयाँ) लिने गरेको स्वयं बाबाले स्वीकार गरेका छन् ।
उनले आफू जडीबुटीको औषधि बापत पैसा लिने गरेको बताएका छन् । यी बाबाले आफुद्वारा क्यान्सर, सुगर, प्रेसर लगायत अन्य दीर्घ रोगका बिरामी समेत निको भएको दावी गरेका छन्। उनले थप्दै भने ‘म नीर नेपाल मात्र हैन, रूस, जपान, अमेरिका, मलेसिया, दुवई, कतारका मान्छेहरू पनि आउने गरेका छन् ।’
बिरामीलाई औषधि दिए बापत कुनै प्रकारको बिल भर्पाई नदिएको उनकै अनुयायीहरु बताउँछन्।
दैनिक रुपमा करिब ३ सय जना भक्तजनको भिड लाग्ने बाबाको घरमा १५० जनाले रु. १५,०० तिरेर जडिबुटीको औषधि लिने गरेको स्थानीयले बताए। भाईरल बाबाको दैनिक आम्दानी औसत रुपमा १ लाख ५० हजार हुने गरेको खबर छ।
उनको आम्दानी रकमबारे आन्तरिक राजस्व कार्यालयसमेत अनविज्ञ रहेको देखिन्छ।
लाहानका एक स्थानीय मनोज साहले भने ‘यो त सरासर लुटधन्दा हो।
यो बाबाले बिना कुनै बैज्ञानिक मापदण्डको औषधि बेच्नु जोखिमपुर्ण छ। भोलि गएर कसैको ज्यान तलमाथि भए यसको जिम्मेवारी कसले लिने?’
यता प्रहरी, प्रशासन लगायत अन्य सरोकारवाला निकायको मौन छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ