काठमाडौं । सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाइएको छ ।
कर्मचारीहरुले सेवाग्राहीको काम छाडेर शेयर कारोबारमा लागेको पाइएपछि सरकारले यस्तो निर्णय गरेको हो ।
सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन सरकारले निर्देशन दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस बारेमा जानकारी दिदै भनेका छन्-
सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ। यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ ।
यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ ।
सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ