शनिबार, अशोज १९, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • पत्रकार महासंघमा ब्यापक ‘सेटिङ’ मा ‘चलखेल’, सदस्यता शुद्धिकरणलाई लिएर हलो अड्काउने काम भयाे

सदस्यता शुद्धिकरणको विषयलाई लिएर हलो अड्काउने काम

पत्रकार महासंघमा ब्यापक ‘सेटिङ’ मा ‘चलखेल’, सदस्यता शुद्धिकरणलाई लिएर हलो अड्काउने काम भयाे


कान्तिपथ


भागवण्डा नमिल्दा ती संगठनहरुले महासंघ नेतृत्वलाई गाली गर्दै आफु चोखो बन्ने प्रयत्न गरिरहे

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा संकटमा परेको छ ।

नेपाली पत्रकारहरुको छाता संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासंघको निर्वाचन आउनै लाग्दा अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएसँगै संकटमा परेको छ ।

यही असोज ५ गतेका लागि तेस्रो पटक निर्वाचन तोकिएकोमा एकाएक अध्यक्ष पोख्रेलको राजीनामा आएपछि राजनीतिक वृत्तमा समेत चर्चाको विषय बनेको छ ।

खासगरी चैतमा महाधिवेसन गरेपछि पत्रकारमा राजीतिक संगठनहरुले सदस्यता सुद्धिकरणको विषयलाई मुख्य विषय बनाएका थिए । तर विभिन्न संगठनहरुले आफु नहुने देखेर यसैलाई बैशाखी बनाएका थिए । सोही कारण पनि पटक-पटक निर्वाचन सर्दै आएको थियो ।

पछिल्लो पटक यही असोज ५ गते निर्वाचन तालिका सार्वजनिक गर्न अध्यक्ष पोख्रेलले निर्वाचन समितिलाई निर्देशनसमेत दिएका थिए । निर्वाचनको कार्यतालिका र सदस्यताको नामावलीको टुंगो लागउन आइतबार उपलब्ध पदाधिकारी र सदस्यहरुको बैठक बोलाइएको थियो । तर त्यो बैठकमा सदस्यता केही पदाधिकारी र सदस्यहरुले सदस्यताको विषयलाई लिएर असहमति जनाएका थिए भने केही पदाधिकारीहरुले समेत उपस्थितीमा हाजिर गरेका थिएनन् । यही कारण जनाउँदै अध्यक्ष पोख्रेलले राजीनामा दिएका हुन् ।

अध्यक्ष पोख्रेलले राजीनामा दिएपछि विभिन्न संघ संगठनहरुले पोख्रेलको राजीनामालाई लिएर आलोचना गरेका छन् । उनीहरुले पाख्रेलले निर्वाचन गराउन नसकेको भन्दै निकम्मा समेत भन्न भ्याएका छन् । तर यथार्थता भने अध्यक्ष पोख्रेल भन्दा पनि चुनावी तालमेल र गठजोडमिलाउन नसक्दा संगठनहरुले सदस्यता शुद्धिकरणको विषयलाई लिएर हलो अड्काउने काम गर्दै आएका थिए । अहिले पनि भागवण्डा नमिल्दा ती संगठनहरुले महासंघ नेतृत्वलाई गाली गर्दै आफु चोखो बन्ने प्रयत्न गरिरहेका छन् ।

नेकपा (एमाले) निकट प्रेस चौतारीले अध्यक्ष विपुल पोख्रेलले दिएको राजीनामा र त्यससँगै विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पोख्रेलको राजीनामाको पछाडिका कारण र रहस्य समयक्रमसँगै उद्घाटित हुँदै जाने भन्दै चौतारीले कुनै पनि घटनाक्रमबाट प्रभावित नभई असोज ५ गते निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका प्रकाशन लगायत आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

प्रेस युनियनले पनि त्यसरी नै भनेको छ । युनियनले त अध्यक्ष पोख्रेलले राजीनामा दिएर निर्वाचनको वातावरण तयार गर्न आग्रह गरेको छ । क्रियाशील पत्रकारहरुको साझा मोर्चाले त तदर्थ समिति गठन गरी निर्धारित समयमा निर्वाचन गर्न अपिल गरेको छ ।

यथार्थमा जसले जे भने पनि समयमै निर्वाचन हुन नसक्नु भनेको सदस्यता विवाद हो । सदस्यता विवाद पनि कसले जित्ने र हार्ने भन्नेमा अड्किएको छ । जिल्लादेखि केन्द्रसम्मले आफुु अनुकुल हुनेगरी सदस्यता काट्ने र थप्ने काम गर्दा जिल्ला जिल्लामा क्रियाशील सदस्यहरुको नाम हटाइएको थियो । यो पनि विवादको मुख्य कारण हो ।

अहिले सत्तारुढ दल निकटका प्रेस युनियन र प्रेस चौतारीबीच गठ बन्धन गर्ने भनिए पनि उम्मेदवार र भागबण्डा नमिल्दा चुनाव अनिश्चित जस्तै थियो । अहिले फेरि अध्यक्ष पोख्रेलले राजीनामा दिएपछि उनीहरुका मुद्दालाई किनारा लगाउने गतिलो हतियार बनेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत