शुक्रबार, जेष्ठ ३, २०८२

उपसभामुख प्रकरणमा वेट एण्ड वाचको सिचुयसनमा छौं : रास्वपा


कान्तिपथ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नमाथि छलफल गरेको छ । 

बुधबार बसेको सचिवालयको बैठकमा सत्तारुढ दलहरुले उपसभामुख रानामगरलाई हटाउने तयारी गरेको विषयमा पार्टीभित्र छलफल भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

उनले भने- ‘लगभग १८-१९ महिना अगाडि भिसाका लागि हस्ताक्षर गर्नु भएको रहेछ ।

उनले अन्तरवार्ताका लागि अमेरिकी दूतावासमा पत्राचार गर्नुभएको रहेछ ।

त्यो सही विषय त थिएन। आज आएर गलत भएको पनि होइन, उहाँहरुले अहिले दाउपेचमा पार्नु भएको छ।

गठबन्धन बनेपछि यो विषय सान्दर्भिक भएको हो । यसमा नराम्रो भयो भने कानुनी प्रक्रिया छ नि । छानबिन हुनुपर्छ । रानाले स्पष्टीकरण दिने मौका पाउनुपर्छ।’

उनले संवैधानिक परिषद्मा आफ्नो उपस्थिति नहुने भएपछि कांग्रेसको पहलमा यो कदम चालिएको बताए । 

झाले आफुहरु वेट एण्ड वाचको सिचुयसनमा रहेको बताउदै यस विषयलाई कसरी प्रतिकार गर्ने भन्ने तयारी गरिरहेको बताए ।

उपसभामुखलाई कसरी हटाउन सकिन्छ ? के छ संवैधानिक व्यवस्था

उपसभामुख इन्दिराको थप बचाउमा उत्रियो रास्वपा

उपसभामुख इन्दिराविरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

लोभले लाभ प्राप्त गर्दा उपसभामुख इन्दिरा विवादमा (पत्रसहित)



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत