मङ्लबार, माघ २९, २०८१

भियतनाममा शक्तिशाली आँधी : १२७ जनाको मृत्यु, ५४ जना बेपत्ता


कान्तिपथ


काठमाडौँ । भियतनाममा यागी आँधीका कारण हालसम्म १२७ जनाको मृत्यु भएको छ ।

मिडिया रिपोर्ट अनुसार भियतनाममा यागी आँधीका कारण हालसम्म १२७ जनाको मृत्यु भएकाे छ भने ५४ जना बेपत्ता भएका छन् ।

हावाहुरीका कारण शनिबारदेखि भारी वर्षा र बाढीको अवस्था सिर्जना भएको छ ।

पहिरोका कारण अवस्था बिग्रिएको छ । उत्तरी भियतनाममा हजारौं मानिस घरको छानामा फसेका छन् । सामाजिक सञ्जालमा धेरैले सहयोगको अपिल गरेका छन् ।

टाइफुन यागी भियतनाममा विगत ३० वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी हो, जसले देशको उत्तरी भागमा विनाश मच्चाएको छ । फु थो प्रान्तमा फोङ चाउ पुल भत्किँदा धेरै सवारी साधन पानीमा डुबेका छन् । आँधी यागी पश्चिमतर्फ सर्ने क्रममा क्षति बढ्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।

यागी आँधीमा १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । बाढी र पहिरोका कारण धेरै पुल र भवनहरु भत्किएका छन् ।

भियतनाम भन्दा पहिले दक्षिणी चीन र फिलिपिन्समा यागी आँधीका कारण २४ जनाको ज्यान गएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत