काठमाडौँ । नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ ।
जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गरिएको भन्दै माओवादीले बुधबारको संसद अवरुद्ध गरेको हो ।
त्यसपछि सभामुखले अर्को बैठक भदौ ३० गते बस्ने जानकारी गराउँदै आजको बैठक स्थगित गरेकाे छ ।