काठमाडाैं । कञ्चनपुरकाे भिमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २२ वर्षीय केशव राज भट्ट र २३ वर्षीय भरत जाग्री रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस्तै बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दाङ दंगीशरण गाउँपालिका बस्ने ३२ वर्षीय बिक्रम परियार र तुल्सीपुर उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय दिपक गिरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै कास्कीकाे पोखरा महानगरपालिका-६ लेकसाईडबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ६ सय ४० ग्राम सहित स्याङ्जा फेदीखोला गाउँपालिका-५ बागे घर भएका २४ वर्षीय सौगात परियारलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ