काठमाडौँ । ६० किलो सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठमेलस्थित वाल्डो क्यासिनोका म्यानेजरलाई पक्राउ गरेको छ ।
क्यासिनो म्यानेजर तथा लेखा हेर्ने टेरेन्स टिएसईलाई पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापाले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा ‘वाल्डो क्यसिनो’ पनि जोडिएको थियो ।
सुन तस्करले अनधिकृत रूपमा क्यासिनोलाई माध्यम बनाएर हङकङमा पैसा पठाएको सुराक पाएपछि केन्द्रीय अनुसन्धान ब्युरोले क्यासिनोमाथि अनुसन्धान गरिरहेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ