बिहिबार, फाल्गुन १, २०८१

जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय


कान्तिपथ


काठमाडौँ । अमेरिकामा चीनको जासुसी गर्ने एक पूर्व सीआईए अधिकारीलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।

७१ वर्षीय अलेक्ज्याण्डर युक चिङ माले एफबीआई एजेन्टलाई गोप्य अमेरिकी सूचना चीनलाई बेचेको स्वीकार गरेका छन् । यसपछि उनी सन् २०२० को अगस्टमा पक्राउ परेका थिए ।

मा अमेरिकी नागरिक हुन् र उनको जन्म हङकङमा भएको थियो । उनले सिआईएमा र त्यसपछि एफबिआईमा १९८२ र १९८९ को बीचमा काम गरेका थिए । सम्झौताको एक भागको रूपमा दायर गरिएको उनको निवेदनमा, उनले आफ्नो बाँकी जीवन अभियोजन पक्षलाई सहयोग गर्ने वाचा गरेका थिए, जसमा सरकारी एजेन्सीहरूका प्रश्नहरूको जवाफ समावेश थियो ।

उक्त सजायमाथि बुधबार बहस भएको थियो, जसमा अमेरिकी सरकारका तर्फबाट उपस्थित वकिलहरूले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताएका थिए ।

अधिकारीहरूले माले एक आफन्तसँग षड्यन्त्र गरे जो एक सीआईए एजेन्ट थिए र सांघाई राज्य सुरक्षा ब्यूरोमा गुप्तचर अधिकारीहरूलाई गोप्य जानकारी दिए ।

संघीय अभियोजकहरूले हङकङमा भएको बैठकको क्रममा रेकर्ड गरिएको भिडियोले माले गोप्य जानकारीको बदलामा प्राप्त गरेको ५० हजार डलर नगद गणना गरेको देखाउँदछ ।

हवाईमा रहँदा उनी सन् २००४ मा एफबीआईमा भर्ना भए । एफबीआईलाई उनको गतिविधिमा पहिले नै शंका थियो । अभियोजकहरूले उनीहरूलाई अनुगमन गर्नका लागि काममा राखिएको बताएका छन् । समाचार एजेन्सी एपीका अनुसार ती आफन्त अरू कोही नभई मृत्यु भएका माका भाइ थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत