सोमवार, अशोज २८, २०८१

भक्तपुरमा ३८ जना बाजा प्रशिक्षार्थीहरु दिक्षित 


कान्तिपथ


भक्तपुर । निओ फ्युजन स्कुल अफ कम्प्युटर इनाचो भक्तपुरबाट सञ्चालित निओ फ्युजन बाजा समुहको ९ ओैं धिमेबाजा र ५ ओैं धाँ बाजा समुहको दिक्षान्त (पिधानेगु) विहीबार सम्पन्न भएको छ ।

जम्मा धिमे र धाँ बाजामा १९।१९ जना गरी जम्मा ३८ जना विद्यार्थी दिक्षान्त भएका हुन् ।

बाजा समूहका अध्यक्ष सबिन लेबाले धाँ बाजामा ६ जना छात्रा र १३ छात्र दीक्षित भएको बताए । त्यस्तै धिमे बाजाका प्रशिक्षक उगेन बोयजुले धिमेमा १२ जना छात्रा र ७ जना छात्र रहेको जानकारी गराए ।


धाँ मा पहिलो अर्थात नायो एलेक्स कोजुले आफूलाई धाँ बाजा बजाउन एकदम सिक्न मन लागेकोले सिकेको बताए । साथै बुबाको इच्छा पुरा गर्न पनि आफूले बाजा सिकेको उनी बताउँछन् । कोजु भन्छन्, अब आउने गाईजात्रामा (सापारु) मा घिन्तानघिसीमा धाँ बजाउँछु । 


त्यस्तै धाँ को नकिंग (उपविजेता) बबिना ध्योजुले दाइले धिमे र धाँ बजाएको देखेर आफूलाई पनि सिक्न मन लागेर सिकेको बताउँछिन् । त्यस्तै धिमेका नाय (विजेता) प्रतिक कुम्पाख, निकिंग इशा श्रेष्ठले बाजा सिक्नेले सानैदेखि धिमे बजाउने सिक्ने इच्छा भएको बताए । 


तालिम तीन महिना चलेको थियो । निओ फ्युजन बाजा समूहले वर्षेपिच्छे बाजागाजा सिकाउँदै आएको छ । निओ फ्युजन बाजा समूह २०७६ मा स्थापना भएको हो ।

 अहिलेसम्म ६ सय जना प्रशिक्षार्थीले बाजा सिकेको संचालक बालकृष्ण बनामाला बताउँछन् ।

धाँ, धिमे, बासुरी, पछिमा, पोङ्गा, लालाखिंङ्गलगायतका बाजागाजा प्रशिक्षण दिने गरेको जनाइएको छ । प्रत्येक वर्ष कम्तीमा हरेक बाजाको दुई दुई समूहलाई प्रशिक्षण दिँदै आएको जनाइएको छ ।  
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत